रसुवाका स्वास्थ्य संस्थामा अनलाइन सेवा विस्तार

रसुवा- नियमित सेवा प्रवाहअन्तर्गत उत्तरी रसुवाको स्वास्थ्य चौकीहरूमा अनलाइन सेवा सञ्चालन गरिएको छ । आमाछोदिङ्मो गाउँपालिकाका स्वास्थ्य संस्थामा उपचारका लागि आउने सबै सेवाग्राहीको अभिलेख कम्प्युटरमा राख्ने र प्रमाणस्वरूप कम्युटरकै प्रिन्ट दिने गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख निमा नुर्पु तामाङले जानकारी दिए ।
उनका अनुसार गोल्जुङ्, थाम्बुचेत, गतलाङ्, ठूलोहाकुको स्वास्थ्य चौकी र ग्रे गाउँ तथा हाकुको पाङलिङका स्वास्थ्य इकाइ केन्द्रले कम्युटरमार्फत अनलाइन सेवा सुरू गरिसकेका छन् । जिल्ला अस्पताल धुन्चेले अनलाइन सेवा गत वर्षदेखि सुरु गरिसकेको छ । जिल्लाभरमा स्वास्थ्य संस्थामा क्रमशः लागू गराउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कम्प्युटरमा विवरण राख्दा आवश्यकता पर्दा खोज्न सहज हुनुका साथै कुन बेलामा के उपचार गरियो, कुन औषधीको प्रयोग तथा खपतको अवस्थालगायत कुरा बुझ्न चिकित्सकलाई सहज हुने बताइएको छ ।
जिल्लाभरका स्वास्थ्य केन्द्रहरूमा सबै विवरण कम्युटरमा राख्न स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको स्वास्थ्य प्रमुख भीमसागर गुरागाइँले जानकारी दिए । जिल्ला अस्पताल धुन्चेले अनलाइन सेवा सहित अस्पताललाई थप व्यवस्थित र मर्यादित बनाउँदै लगिएको जनाएको छ ।
अस्पताल सुदृढीकरण कार्यक्रमअन्तर्गत इमर्जेन्सी (सघन उपचार कक्ष) व्यवस्थापन, अन्तरङ्ग कक्षको शय्या विस्तार, नयाँमा रूपान्तरण, शल्यक्रिया कक्षको निर्माणलगायत पूर्वाधार तयार भइसकेको रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले बताए । सकभर बिरामीलाई बाहिर नपठाउने गरी गाउँका बिरामी छिटोछरितो अस्पताल पुर्याउन एम्बुलेन्सको व्यवस्थासमेत गरिएको उनले जानकारी दिए ।

वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविजविरुद्धको ५१ हजार भायल खोप

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

प्रतिक्रिया