धनगढीका मेयर गाेपाल हमाललाई ज्यान मार्ने धम्की

काठमाडौं - धनगढी नगरप्रमुख गाेपाल हमाललाई एक जनाले ज्यान मार्ने धम्की दिएका छन्।
नगर प्रमुख हमाललाई ह्वाट्सएपमा कल गर्दै राना थर गरेका व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन्।
राति ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन पेश गरेका छन्।
प्रशासनका सूचना अधिकारी शिवराज जाेशीले नगर प्रमुखले पेश गरेकाे निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएकाे बताए।
प्रहरी प्रवक्ता कुलदिप चन्दले धम्की दिने व्यक्तिलाई भाेलि छलफलका लागि बाेलाइएकाे बताए। उनले व्यक्तिसँग छलफलपछिमात्र धम्की कारण थाहा हुने बताए।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया