ग्लोबल मनी विक २०२४ को अवसरमा कामना सेवाको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- विश्व वित्तीय सप्ताह (Global Money Week) को अवसरमा कामना सेवा विकास बैंकले चैत ५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताह आजदेखि सुरुवात भएको हो ।
नेपाल राष्ट्र बैंकद्वारा आयोजित Global Money Week 2024 अन्तर्गत कामना सेवा विकास बैंकले हल्दीबारी गाउँपालिका, झापाका लघु, उद्यमी तथा नगदेबाली उत्पादक कृषकहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका कोशी प्रदेशको प्रमुख मोहन दत्त खनालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष, रविन्द्र प्रसाद लिङदेनको प्रमुख आतित्यथा रहेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको बुधबारे शाखा प्रमुख मोदनाथ गुरागाँईले प्रस्तुतीकरण गरेका थिए । स–साना रुपमा छरिएर रहेका रकमलाई एकत्रित गरि पुँजी निर्माण गर्न सकिने, बचतको विकासले गर्दा दैनिक जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल कारोबारहरू तथा यसका अवसर र चुनौतीका विषयमा प्रस्तुतीकरण गरिएको थियो । उक्त कार्यक्रममा झापा जिल्लामा विभिन्न किसिमका नगदेबाली उत्पादनसँग सम्बन्धित १०० जनाभन्दा बढी महानुभावहरूको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लिङदेनले बैंकहरूले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले कृषकहरूले बचत, ऋण तथा बैंकिङ कारोबारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरूको निरन्तरता दिनुपर्नेमा जोड दिए ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

प्रतिक्रिया