साथीको हत्या गरी फरार रहेका तिखे २१ वर्षपछि पक्राउ

काठमाडौँ- साथीको हत्या गरी २१ वर्षदेखि फरार रहेका तिखे भन्ने तेजबहादुर राई पक्राउ परेका छन् । उनले २१ वर्षअघि काठमाडौँ महानगरपालिका १९ का २६ वर्षीय साथी संजय शाहीको हत्या गरी फरार रहेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार कोटेश्वरबाट पक्राउ गरेको हो । उनले शाहीको २०५९ असोज १४ गते काठमाडौँ महानगरपालिका १९ को मरुढोका इनाटोलको राँगा काट्ने वधशालामा रडले हानेर हत्या गरेका थिए ।
टाउको र शरीरमा फलामको रडले हानेर हत्या गरेर विष्णुमती खोला किनारमा फालेर राई फरार थिए । ४१ वर्षीय राई सोलुखुम्बु नेचा सल्यान ४ का स्थायी ठेगाना रहेको छ ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया