गृहमन्त्री लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले सहकारी प्रकरणमा लामिछानेका विरुद्ध कुनै प्रमाण नदेखिएको जवाफ दिएपछि कांग्रेसले लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको हो । प्रधानमन्त्रीको प्रश्नोत्तरलगत्तै कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस मुख्य सचेतक रमेश लेखकलाई बोल्न समय दिएका थिए ।
लेखकले लामिछानेका विरुद्ध पर्याप्त प्रमाण रहेको भन्दै प्रधानमन्त्रीले नै प्रमाण नभएको बताउनु आश्चर्यजनक भएको बताए । प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको अवस्थामा अब कसरी निष्पक्ष छानबिन होला ? भन्दै उनले प्रश्न गरे ।
पीडितले भनेका कुरा, पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदन प्रमाणमा रूपमा रहेको भन्दै त्यसलाई वेवास्ता गर्न नमिल्ने उनको भनाइ छ । लेखकले सदनभित्रैबाट छानबिन समिति गठन गरेर प्रमाणका बारेमा अध्ययन गर्न चुनौती दिए ।
उनले आफूहरू संसद् अवरुद्ध गरेर कामकारबाहीलाई अवरोध गर्ने पक्षमा नरहेको भन्दै कांग्रेसले उठाएका विषयमा सरकार गम्भीर नहुँदा आगामी दिनमा सदन अवरुद्ध भए सरकारले संसद् अवरुद्ध गरेको मानिने तर्क गरे ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया