काठमाडौँ महानगरले भन्यो : होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाऔँ

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो ।
कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासन चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जारी गरेको सूचनामा भनिएको छ, ‘चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवं सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवं पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जान सक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ ।

बाटोमा चिप्लिएर दुई जनाको मृत्यु

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

प्रतिक्रिया