इतिहासमा आज

काठमाडौँ- आज चैत ७ गते अर्थात मार्च २० । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज १४औँ स्मृति दिवस हो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।
कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला उनको जन्म भएको थियो ।
२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिमा कोइरालाको भूमिकालाई महत्वपूर्ण रूपमा हेरिन्छ ।
त्यस्तै सन् १४१३ मार्च २० मा इङ्गल्याण्डका राजा हेनरी चतुर्थको मृत्यु भएको थियो ।
त्यसैगरी सन् १९५२ मार्च २० मा अमेरिकी सिनेटले जापानसँगको सुरक्षा सन्धि अनुमोदन गरेको थियो ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१४ मार्च २० मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भित्री सर्कलका लगभग दुई दर्जन सदस्यहरू र युक्रेनमा पूर्व-पश्चिम शोडाउनमा समर्थन प्रदान गर्ने एक बैंक विरुद्ध आर्थिक प्रतिबन्धहरूको आदेश दिएका थिए ।
सन् २०२२ मार्च २० मा रूसको सेनाले युक्रेनको बन्दरगाह सहर मारिउपोलमा करिब ४ सय मानिसहरूलाई आश्रय दिएको विद्यालयमा बमबारी गरेको थियो ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया