बेल्जियमको राज्य सरकारसँग पहिलो पटक एनआरएनएबारे छलफल

बेल्जियम- गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्माले राज्य सरकार समक्ष गैरआवासीय नेपाली संघको विषयमा आफ्ना धारणा राखेकी छन् । ब्रसेल्सस्थित फेलेमिस् राज्य परिषद्को संघसंस्था विभागद्धारा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघको स्थापना, संरचना, एमआईएस सिस्टम, अनलाइन भोटिङ र उदेश्यबारेमा पहिलो पटक संस्थागत रुपमा राज्य परिषद्मा आफ्नो प्रस्तुति दिएकी हुन् ।
राज्य परिषद्को बैठकमा शर्माले संघको अन्तराष्ट्रिय परिषद् र राष्ट्रिय परिषद्को सम्बन्ध र संस्थागत संरचनाको चर्चा गर्दै संघको स्थापनाको दुई दशकमा नेपालमा लगानी, परोपकार, आप्रवासी नेपालीहरूको पक्षमा विभिन्न काम गर्दै आएको जानकारी गराएकी थिइन् ।
बेल्जियमको फेलेमिस् राज्यमा रहेका एक दर्जन सामाजिक संघसंस्थाहरूको उपस्थिति भएको कार्यक्रममा उनले नेपाली भाषा, संस्कृति र नेपाली समुदायको आवश्यक कार्यक्रम हल, खेल मैदानलगायत उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।
शर्माले संघीय सरकारका कयौँनीति तथा कानूनहरूका कारणले संघसंस्था दर्तामा प्रक्रिया झन्झटिलो भएको भन्दै सहज र सरल बनाउन आग्रह गरिन् । बैठकमा संस्कृति, युवा तथा मिडिया विभागको तर्फबाट डिडियर क्लासेन्सले बेल्जियमस्थित सामाजिक संघसंस्थाको सञ्चालन तथा परिचालनको विषयमा जानकारी दिएका थिए ।
पहिलो पटक बेल्जियमस्थित बिभिन्न समुदायका छाता संघसंस्थाबीच भएको छलफलमा संघसंस्था परिचालन, मिडिया, व्यापार विज्ञ, संस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति थियो ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया