पाकिस्तानमा ग्यास विस्फोट हुँदा १० श्रमिकको मृत्यु भएको आशंका

क्वेटा - दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशंका गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन् ।
मङ्गलबार साँझ क्वेटाबाट ८० किलोमिटर पूर्वमा रहेको खोस्टको खानी क्षेत्रको निजी कोइला खानीमा ग्याँस विस्फोट भएको र १० जना जमिनबाट करिब आठ सय फिट गहिराइमा फसेका थिए ।
उद्धार टोलीले राति नै दुईवटा मृत शरिरलाई भग्नावशेषबाट निकालेको बलुचिस्तान प्रान्तस्थित उक्त खानीका प्रमुख निरीक्षक घानी बलोचले बताए ।
खानीमा बाँकी कामदारहरू जीवित हुन सक्ने सम्भावना क्षीण रहेको तर बेपत्ता सबैको उद्धारको प्रयास भइरहेको उनले बताएका छन् ।
आफ्नो सहकर्मीहरूलाई बचाउने प्रयास गर्ने आठ जनाको समूह पनि लामो समय सम्म फसेको र पछि सरकारी उद्धार टोलीले केहीलाई बेहोस अवस्था र अन्यलाई सकुशल सुरक्षित स्थानमा ल्याएको बताएका थिए ।
सरकारको खानी विभागका साथै विपद् व्यवस्थापन एजेन्सीका उद्धार टोलीहरू घटनास्थलमा छन् ।
खानीमा कार्बन मोनोअक्साइड ग्यासको सञ्चयले विस्फोट हुँदा खानी भासिएको बलोचले बताए ।

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्वप्रति चीनद्वारा चिन्ता व्यक्त

जेलेन्स्कीद्वारा भ्रष्टाचारविरोधी निकायहरूको ‘स्वतन्त्रता’ सुनिश्चित गर्ने नयाँ वि…

अपडेटः रुसी विमान दुर्घटनामा सवार सबै जनाको मृत्यु

इजरायली प्रधानमन्त्रीको हत्याको षडयन्त्र रचेको आरोपमा वृद्धा पक्राउ

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

प्रतिक्रिया