वैद्यलाई प्रवक्ता शर्माको निर्देशन : भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न, शब्द फिर्ता लिएर आत्मालोचना गर्नुस्
काठमाडौँ : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् ।
शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको उल्लेख गरेका छन् । ट्विटरमा लेख्दै उनले वैद्यलाई शब्द फिर्ता लिई आत्मालोचना गर्न पनि भनेका छन् ।
'सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोली र व्यवहार 'भावनात्मक उत्तेजना' भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन!,' उनले ट्वीट गरेका छन् ।
वैद्यले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए ।
सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार `भावनात्मक उत्तेजना´ भनेर उन्मुक्ति हुन्न l शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ l तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 11, 2021
अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनl

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया