कांग्रेस सरकारबाट बाहिरिदा सबैभन्दा बढी पीडा मोहनविक्रम सिंहलाई भयो : अध्यक्ष ओली

काठमाडौँ - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने संकल्पलाई पुरा गर्ने गरि काम गर्ने बताएका छन् ।
बुधबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने संकल्पलाई पुरा गर्ने गरि काम गर्ने उद्देश्यका साथ अघि बढेको बताएका हुन् ।
ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नाम लिँदै कम्युनिष्टका नाममा स्वार्थी अवसर खोज्नेहरू आफैँ पतन हुँदै जाने जिकिर गरे । अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर सबैभन्दा पीडा सिंहलाई नै भएको उनले टिप्पणी गरे ।
अध्यक्ष ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रित गर्न निर्देशन दिए । उनले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए ।
ओलीले काठमाडौं जिल्लामा एमाले पछिल्लो समय कमजोर देखिएकाले आगामी निर्वाचनमा यसअघिको परिणाम नदोहोर्याउने गरि तयारी गर्न समेत निर्देशन दिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया