उपनिर्वाचनमा गठबन्धनले साझा उम्मेदवार बनाए सोच्न सक्छु : झलनाथ खनाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवारको तय गर्न गठबन्धनदलहहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले गठबन्धनदलहरूसँग छलफल गरेर इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारीका सन्दर्भमा पार्टीमा थप छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले इलाम २ मा प्रतिनिधि सभा सदस्य चयन र बझाङ १ मा प्रदेश सभा निर्वाचनका लागि पार्टीको प्रदेश, जिल्ला, क्षेत्रीय कमिटीहरूसँग राय सुझाव माग्ने र त्यसका आधारमा आवश्यक निर्णय लिने निष्कर्ष बैठकले निकालेको उनले बताए ।
यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकमीसंग कुरा गर्दै खनालले यसअघिको चुनावमा इलामले फुर्सद दिएकाले अहिले पार्टी निर्माणका साथै राष्ट्रिय राजनीतिलाई दक्षिणपन्थी भड्काउबाट बामपन्थी एकतातर्फ ल्याउने काममा लागेको अवस्थामा उपनिर्वाचनका लागि गठबन्धनले साझा उम्मेदवार बनाए आफूले सोच्न सक्ने बताएका हुन् ।
इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ १ मा नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधनपछि ती स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया