नेकपा एसले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
दीपक मनाङे पहिला आफ्नो पार्टीमा प्रवेश गरेको र पार्टी प्रवेश गरेकाले आफूहरूले मन्त्रीसमेत बनाएकोमा अहिले कुनै छलफल नै नगरी समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्नु परेको सचिव जीवनराम श्रेष्ठले बताए। उनलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ।
२०७९ को निर्वाचनमा मनाङे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ १ (ख) बाट निर्वाचित भएका थिए।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया