अब औषधिले घटाउँछ मोटोपना

दुब्लाउने रहर कसलाई हुँदैन र ? अझ नेपाली समाजमा ३०-४० को दशकतिर मोटोपनाले मान्छेमा धनी र गरिब छुट्याउँछ भन्ने एउटा भनाई थियो । मोटो मान्छेलाई खान्दानीको रूपमा हेरिन्थ्यो । दुब्लोलाई खान नपाएको अर्थात् गरिबको रूपमा हेरिन्थ्यो । अझै पनि नेपाली समाजमा मोटो मान्छेले भन्ने गर्छन् खान्दानी पेट हो ।
सञ्चारको विकाससँगै देश-विदेशका सूचना मानिसले सहजै थाहा पाउने भए । समाज शिक्षित हुँदै गयो । जब समाजमा चेतना बढ्दै गयो मानिसहरूलाई बल्ल थाहा हुन थाल्यो मोटोपना खान्दानी होइन् एउटा समस्या हो अर्थात रोग हो ।
अहिले कतिपय मनिसहरू मोटोपना कसरी घटाउने भन्नेमा तनावमा हुन्छन् । तर अब त्यो तनाव पनि लिनु नपर्ने भएको छ । मोटोपना घटाउने औषधि नै बिक्री सुरू भइसकेको छ ।
जापानमा मोटोपना रोगको उपचारका रूपमा विश्वभरको ध्यानाकर्षण भएको औषधिको बिक्री सुरु भएको छ । फेब्रुअरी २२ मा डेनिस औषधि कम्पनी नोवो नोर्डिस्कको मोटोपन उपचार औषधि उगोबी (जेनेरिक नाम सेमाग्लुटाइड) जापानमा लन्च गरिएको थियो ।
यसैबीच मोटोपना हटाउन मद्दत गर्ने ताइशो फार्मास्युटिकलको 'अराइ' (जेनेरिक नाम ओरलिस्ट्याट) अप्रिल ८ मा रिलिज हुँदैछ ।
पसल र फार्मेसीहरूमा मोटो पेट भएका मानिसहरूको भिसेरल बोसो घटाउनको लागि औषधिको रूपमा बेचिन्छ । ताइशो फार्मास्युटिकलले बिक्रीको लागि विभिन्न सर्तहरू राखेको छ । तर यो औषधि सबैले किन्न भने सक्दैनन् । तर मानिसको दैनिक जीवनमा ठूलो प्रभाव पार्ने साइड इफेक्टहरू पनि रहेका छन् ।
मोटोपनाको समस्या विश्वभर रहेको छ । अझ धेरै समस्या त एसियामा रहेको छ । औषधिको रूपमा प्रयोग गर्न पाइनेपछि नेपाललगायत विभिन्न ठाउँका मानिसहरूलाई पनि यसले फाइदा पुर्याउनेछ ।

शुक्लाफाँटामा क्यान्सर र मिर्गौला जस्ता दीर्घरोगीको सङ्ख्या बढ्दै
स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा ठप्प

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

क्लासिक फिटनेस एकेडेमीले नेपालमा पहिलो अन्तर्राष्ट्रिय फिटनेस प्रदर्शनी गर्दै

चितवनमा स्क्रब टाइफस संक्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ संक्रमित

प्रतिक्रिया