सद्गुरु जग्गी वासुदेवको दिल्लीको एपोलो अस्पतालमा आकस्मिक मस्तिष्कको शल्यक्रिया

काठमाडौँ - ईशा फाउन्डेसनका सद्गुरु जग्गी वासुदेवको दिल्लीको एपोलो अस्पतालमा आकस्मिक मस्तिष्कको शल्यक्रिया गरिएको छ । उनकाे बुधबार शल्यक्रिया गरिएकाे हाे ।
ईशा फाउन्डेसनका सद्गुरुले आफ्नो मस्तिष्कको शल्यक्रिया गर्नुअघि ‘जीवन जोखिमपूर्ण अवस्था’को सामना गरिरहेका थिए।
सद्गुरु विगत चार सातादेखि टाउको दुख्ने समस्याबाट ग्रसित थिए । डाक्टरहरूले उनको मस्तिष्कमा ठूलो मात्रामा रगत बगेको र सुन्निएको पत्ता लगाएपछि उनको शल्यक्रिया गरिएको हो । सद्गुरुको मस्तिष्कमा ठूलो मात्रामा सूजन र रक्तस्राव भएपछि अपोलो दिल्लीमा मार्च १७ मा लगिएको थियो ।
यसबारे जानकारी दिँदै दिल्लीको एपोलो अस्पतालका वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोजिस्ट डाक्टर विनीत सुरीले सद्गुरुको जीवन गम्भीर खतरामा रहेको बताए ।
उनले भने, 'सीटी स्क्यानले उनको मस्तिष्कमा गहिरो सुन्निएको र रगत बगेको देखियो। सद्गुरुलाई विगत चार सातादेखि टाउको दुख्ने समस्या थियो र टाउको दुखाइ निकै गहिरो थियो । उनले टाउको दुखाइलाई बेवास्ता गरिरहेका थिए । किनभने उनी आफ्नो दैनिक गतिविधिहरू गर्न चाहन्थे ।'

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया