काठमाडौँ प्रहरीद्वारा १९३ जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न आपराधिक क्रियाकलाप गरी अदालतको फैसलामा सजाय तोकिइ फरार रहेका प्रतिवादी पक्राउ पर्ने क्रम बढाएको छ ।
यसै सिलसिलामा जिल्ला प्रहरी परिसर काठमाडौँ तथा मातहत प्रहरी कार्यालयको टोलीले गएको फागुन महिनाको अवधिमा मात्रै विभिन्न मुद्दाका एक सय ९३ फरार प्रतिवादी पक्राउ गरेको जनाइएको छ ।
कानुनी राज्य र विधिको शासन प्रत्याभूति गराउने अभियान अन्तर्गत फागुन महिनाको फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले भने, 'विभिन्न आपराधिक गतिविधि गरेर अदालतको फैसलामा सजाय तोकिए पनि फरार रहेकालाई पक्राउ गर्ने अभियान (फैसला कार्यान्वयन) अन्तर्गत फागुनमा एक सय ९३ जना पक्राउ परेका छन्, पक्राउ परेकाबाट रु ४७ लाख ३३ हजार तीन सय ५५ जरिवाना असुलउपर गरिएको छ ।'
पक्राउ पर्ने प्रतिवादीमा जुवा, सवारी ज्यान, चोरी, गालीबेइज्जती, जालसाजी, चेक अनादर, ठगी, विद्युतीय कारोबार ऐनलगायतका मुद्दासँग सम्बन्धित रहेका प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताए ।

राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ

सुनसरीमा गोली चल्यो, दुई जना घाइते

बिस्का जात्राः ढालियो ५५ हात लामो योसिद्यः

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला पक्राउ

कपाल चम्किलो र लामो बनाउने ९ उपाय

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

आजदेखि नयाँ वर्ष २०८२

प्रतिक्रिया