नेपाली सिनेमा डाइरेक्टरीका रूपमा ‘द फिल्म नेपाल डटकम’ सञ्चालनमा

काठमाडौँ- नेपाली सिनेमासम्बन्धी सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ सञ्चालनमा आएको छ । द फिल्म नेपालले सञ्चालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाइएको छ ।
नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने ‘द फिल्म नेपाल’ मा नेपाली सिनेका विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरू उपलब्ध हुनेछन् ।
प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरू दिनेछ । यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ ।
अहिलेसम्म बनेका नेपाली फिल्महरू, तिनका कलाकार र निर्देशहरूका विषयमा पनि व्यवस्थित तथ्यांक यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरूको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ । त्यसबाहेक सञ्चालकहरूले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पुर्याउन सक्ने गरी प्लेटफर्म विकास गरेका छन् ।
नोटिफिकेसन यसको नौलो र फरक फिचर हो । यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बित्तिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ । भविष्यमा यही प्लेटफर्ममार्फत मल्टिप्लेक्सले सिनेमाको टिकक बुकिङको सुविधासमेत थप्ने योजना सञ्चालकको छ ।
‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने योजनाका साथ यो प्लेटफर्म सञ्चालनमा ल्याइएको हो,’ सञ्चालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पुर्याउने अपेक्षा गरेका छौं ।’

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया