शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्‍दै

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । बैठक आज दिउँसो २ बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले इकागजलाई जानकारी दिए । 

पार्टीको १४ औँ महाधिवेशन आगामी भदौमा हुने भनिए पनि महाधिवेशनका कार्यतालिका प्रभावित भएपछि त्यसबारे छलफल गर्न देउवाले बैठक डाकेको बताइएको छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार असारमा वडा तहको अधिवेशन हुनुपर्ने भए पनि क्रियाशील सदस्यताको विषय नै टुंगो नलागेपछि त्यसैबारे छलफल गर्न बैठक बस्‍न लागेको हो ।