उत्तर कोरियाको आधा विदेशी मुद्रा आम्दानी साइबर आक्रमणबाट : संयुक्त राष्ट्रसंघ प्रतिवेदन

काठमाडौँ- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध प्रस्तावहरूको कार्यान्वयन सम्बन्धि अनुसन्धान गर्ने विशेषज्ञहरूको प्यानलको वार्षिक प्रतिवेदन जारी गरेको छ । मार्च २० बसेको बैठकले उक्त प्रतिवेदनमा सदस्य राष्ट्रहरूको जानकारीको आधारमा उत्तर कोरियाले आफ्नो विदेशी मुद्राको करिब ५० प्रतिशत आम्दानी साइबर आक्रमणबाट गर्ने गरेको निष्कर्ष निकालेको छ ।
उत्तर कोरियाले विनाशकारी हतियारको विकासको ४० प्रतिशत खर्च साइबर हमलाबाट आर्जन गरेको छलफल भएको बैठकमा सहभागी एक सदस्यले बताए । क्रिप्टो-सम्पत्ति (भर्चुअल मुद्रा)सँग सम्बन्धित कम्पनीहरूलाई गरिएको ५८ साइबर आक्रमणहरूको अनुसन्धान गरिरहेको जानाइएको छ । जसमा उत्तर कोरियामा संलग्न रहेको आरोप छ । उक्त साइबर हमलाबाट करिब ३ अर्ब अमेरिकी डलर क्षति भएको अनुमान गरिएको छ ।
प्रतिवेदनले उत्तर कोरियाले साइबर हमलाहरूमार्फत हतियारको खाका तयारी सम्बन्धि जानकारीका साथै बौद्धिक सम्पत्ति पनि चोरी गरेको र चोरी भएको बौद्धिक सम्पत्ति सम्बन्धि जानकारी बेचेर थप रकमको व्यवस्था गर्न सक्ने भनिएको छ ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया