६ महिनापछि हिउँदे वर्षा, किसान खुसी

भोजपुर- लामो समयपछि हिउँदे बर्सात भएपछि भोजपुरका किसान खुसी भएका छन् । लामो खडेरीको मारमा परेका किसान बर्सात भएसँगै हिउँदे बाली सप्रने भन्दै खुसी भएका हुन् ।
बर्सातले फलफूलका बिरुवा, तरकारी तथा अन्य हिउँदे बालीको उत्पादनमा वृद्धि हुने अपेक्षा लिइएको स्थानीय रुपनारायण फुयालले बताए । खडेरीले हावाहुरीसँगै आगलागीका घटना बढिरहेको अवस्थामा बर्सातले केही राहत मिलेको उनको भनाइ छ । 'लामो समयदेखि हिउँदे बर्सात भएको थिएन,' फुयालले भने, 'पानी नपर्दा हिउँदे बाली बारीमा नै सुकिसकेका थिए । ढिलै भए पनि पानी परेसँगै दिउँदे बालीको उत्पादन बढ्नेमा आशावादी छौँ ।'
समयमा हिउँदे वर्षा नहुँदा बालीनाली सुकेका भन्दै बर्सातले किसानलाई लाभ पुगेको तिवारीभञ्याङका टीकाराम तिवारीले बताए । गहुँ, जौ, तोरी, आलु, गोलभेँडालगायत नगदे बालीलाई बर्सातले फाइदा पुगेको उनको भनाइ छ । जिल्लाका सबै भू-भागमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँ छ महिनादेखि पानी पर्न सकेको थिएन ।

करेन्ट लागेर एकजनाको मृत्यु

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

प्रतिक्रिया