इतिहासमा आज

काठमाडौँ- आज चैत १० गते अर्थात मार्च २३ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १९०३ मार्च २३ मा विल्भर राइट र ओर्भिल राइटले 'उड्ने मेसिन'का लागि पहिलो प्याटेन्ट दर्ता गरेका थिए । तर उनीहरूलाई तीन वर्षपछि मात्र प्रदान गरिएको थियो ।
सन् १९१९ मार्च २३ मा रुसी कम्युनिस्ट पार्टीले पाँच सदस्यीय पोलिटब्युरो पुनः ब्युँताएको थियो ।
सन् १९३१ मार्च २३ मा भारतीय स्वतन्त्रता सेनानी भगत सिंह उनका साथीहरू शिवराम राजगुरु र सुकदेव थापरसँगै झुड्याइए ।
सन् १९२१ मार्च २३ मा पहिलो विश्वयुद्धको क्षतिपूर्ति आफूले भुक्तानी गर्न असमर्थ रहेको जर्मनीले घोषणा गरेको थियो ।
सन् १९३३ मार्च २३ मा जर्मन संसद् रेइचस्ट्यागले देशका चान्सलर एडोल्फ हिटलरलाई सम्पूर्ण अधिकार (अधिनायकवादी अधिकारसमेत) प्रदान गरेको थियो ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया