अझै तीन दिन पानी पर्ने
काठमाडौँ- कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका क्षेत्रको न्यून चापीय प्रणाली प्रभावले तीन दिनसम्म पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
मौसमविद् गोविन्द झाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
'कोशी प्रदेशका केही स्थानमा, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ, बागमती प्रदेशको एक–दुई स्थानमा पनि सामान्य वर्षाको सम्भावना रहेको छ', उनले भने, 'कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना छ ।'

सौहार्द र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा प्लस टुका विद्यार्थीलाई अभिमूखी…

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YyFZSnuApH_qjz3uederbdyfvbm2aoozmleczrovybzglwcjjzgwa847zldppav2zdse5by.jpg)
प्रतिक्रिया