नैतिकताको आधारमा गृहमन्त्री रविलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहँदा पनि उनी पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको कोइरालाले बताए ।
'तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भइहाल्यो' कोइरालाले भने ।
काठमाडौँको मध्येबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौँका चेतनशील मानिसहरू चुपचाप बसिरहँदा अचम्म लागेको बताए । हरेक परिवर्तनमा काठमाडौँवासीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि उनीहरूको निरन्तर खबरदारीको आवश्यकता रहेको बताए ।
स्थानीय कार्यकर्ताहरूले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावना अनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको जस्ता गुनासाहरू राखेका थिए ।
भेटघाट कार्यक्रममा बागमती प्रदेश सभा सांसद सुरज लामिछाने, काठमाडौँ- १ का क्षेत्रीय सभापति रवि विक्रम राणा, नेपाल संस्कृत विश्व विद्यालयका पुर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरी अर्याल, वरिष्ठ पत्रकार हरिहर विरहीलगायतको सहभागीता थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया