आजबाट सुरु भयो मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं: आठौं संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बुधबारबाट सुरु भएको छ । प्रत्येक वर्ष हुँदै आएको चलचित्र महोत्सव यो साल भर्चुअल हुँदैछ । कोभिड–१९ को महामारीका कारण पूर्व निर्धारित मितिमा हुन नसकेको महोत्सव आजबाट सुरु भएर १५ गतेसम्म चल्नेछ ।
कार्यक्रममा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनका आदि विधाका चलचित्र प्रसारण गरिने छ । महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्र प्रसारणका लागि छनोट गरिएको हो । महोत्सवमा चलचित्रहरू चलचित्र टिभी एप मार्फत प्रसारण गरिने छ भने अन्य छलफल, अन्तक्र्रिया तथा बहसहरू जुममार्फत गरिने छ ।
यसका साथै चलचित्रकर्मीसँगको अन्तक्र्रिया, प्यानल डिस्कसन लगायतका कार्यक्रमहरू तय गरिएको छ । महोत्सवमा ‘एसियाली सिनेमामा महिला ः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमामा युवाः हामी के हेर्न चाहान्छौं’ ‘अल्पसंख्यक सिमान्कृत समुदायका सवालः सिनेमाको भूमिका’ आदि विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरूसँग अन्तक्र्रिया तथा छलफल पनि गरिनेछ ।
राष्ट्रिय मानव अधिकार आयोग सह– आयोजक, चलचित्र विकास बोर्डको प्रवर्धन र युरोपियन युनियन, नेपालका लािग जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ.एम. लगायतको सहकार्य र दजनौं संघसंस्थाको ऐक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ ।

एम्पुरान बन्यो सबैभन्दा बढी कमाउने मलयालम फिल्म

हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

‘अञ्जिला’को गीत ‘यो देशको झण्डा’ सार्वजनिक, निर्देशकले चाम्सले मागे ‘स्पोर्ट्स ए…

जेम्स क्यामरूनको ‘अवतारः३’ चुहियो कथा, फिल्ममा सुली परिवार थपियो

अन्ततः अगस्त १४ मा भिड्ने भयो ऋतिक रोशन र रजनीकान्तका फिल्म

अब राजामौलीको फिल्म दुई भागमा होइन एक भागमा रिलिज हुने

पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ

प्रतिक्रिया