मस्को आक्रमणमा संलग्न दुईजना पक्राउ

मस्को- रुसमा आतंकवादी हमला गर्ने २ जना पक्राउ परेका छन् । रुसी प्रहरीले मस्को आक्रमण गराएको आशंकामा दुई जनालाई पक्राउ गरेको एक रुसी सांसदले बताएका छन् ।
बीबीसीका अनुसार संदिग्धहरूलाई मस्कोबाट करिब ३४० किलोमिटर (२१० माइल) दक्षिण पश्चिममा रहेको ब्रायान्स्क क्षेत्रमा कारको पछि लागेर पक्राउ गरिएको थियो । प्रारम्भिक जानकारी उद्धृत गर्दै रुसी सांसद एलेक्सनाडर खिन्स्टाइनले सञ्चार माध्यमलाई भने ।
अन्य संदिग्धहरू नजिकैको जंगलमा भागेका र खोजी भइरहेको उनले जानकारी दिएका छन् ।
मस्कोको एक कन्सर्टमा भएको गोलाबारीमा ५ जना संलग्न भएको फुटेजहरूमा देखिएको छ ।
मस्कोमा शुक्रबार साँझ भएको हमलामा अहिलेसम्म ९३ जनाको ज्यान गइसकेको छ भने १५२ भन्दा बढी घाइते भएका छन् ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया