रूसमा आज राष्ट्रिय शोक, पुटिनले भने, ‘कन्सर्ट हलको सामूहिक हत्याको बदला लिइनेछ’

मस्को - राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी कन्सर्ट हलमा भएको आक्रमणलाई ‘बर्बर आतंककारी कार्य’ भनेर टिप्पणी गरेका छन् । सो कार्यमा संलग्न सबै अपराधीलाई बदला लिने वाचासमेत उनले गरेका छन्।
शनिबार टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले युक्रेनी सीमा पार गर्नुअघि नै सबै चार बन्दुकधारीलाई पक्राउ गरिएकोसमेत बताएका छन ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पुटिनले आक्रमणपछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा भने, ‘म आज तपाईसँग रक्तपातपूर्ण, बर्बर आतंकवादी कार्यको सम्बन्धमा बोल्दै छु, जसको शिकार दर्जनौं निर्दोष, शान्तिप्रिय मानिसहरू हुन पुगेका छन ।’
क्रेमलिनका नेताले भने, ‘आतंकवादी हमलाका चारै जना अपराधीलाई हिरासतमा लिइएको छ। उनीहरू युक्रेनतर्फ भागिरहेका थिए। प्रारम्भिक जानकारी अनुसार उनीहरुलाई सीमापार लैजाने तयारी भइरहेको थियो।’ रूसको एफएसबी सुरक्षा सेवाले यस अघि आक्रमणकारीहरू युक्रेनीहरूसँग सम्पर्कमा रहेको बताएको थियो किनभने उनीहरूले रूसबाट युक्रेनतर्फ भाग्न खोजिरहेका थिए।
शुक्रबार साँझ सशस्त्र बन्दुकधारीहरूले मस्कोको उत्तरी छेउमा रहेको एउटा उपनगरमा रहेको क्रोकस सिटी हलमा कम्तीमा ११५ जनाको हत्या गरेका थिए। कन्सर्ट हलमा आगो लगाइयो थियो, जसको जिम्मा इस्लामिक स्टेट समूहले सो आक्रमणको जिम्मेवारी लिएको छ तर रुसी अधिकारीहरूले भने त्यसको उल्लेख गरेका छैनन्।
‘आतंकवादी, हत्यारा, गैर मानवहरूले अविस्मरणीय सजायको सामना गर्नेछन्,’ पुटिनले भने। पुटिनले आइतबार रुसमा राष्ट्रिय शोक घोषणा गरेका छन् ।

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

प्रतिक्रिया