टेबल टेनिस टोली दक्षिण कोरिया जाने

काठमाडौँ- प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टेबल टेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएको छ ।
अप्रिल १ तारिखदेखि सुरु हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुनेछन् । प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ ।
प्रशिक्षणपछि खेलाडीहरू सिओ जोङ सिटी ओपन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने तालिका रहेको छ ।
खेलाडीसँगै प्रशिक्षकका रुपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदैछन् । टोलीलाई ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली महिला टोली आज साउदीसँग भिड्दै

एनपीएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिड्दै

मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

प्रतिक्रिया