स्टुडियो नाइन परिवारले यसरी मनायो होली [फोटोफिचर]

काठमाडौँ- भक्तपुरको बालकोटस्थित रागिनी चोकमा रहेको स्टुडियो नाइनको परिवारले सद्भावनाको पर्व होली मनाएको छ । आज आइतबार बालकोटस्थित बृहस्पति ड्राइभिङ सेन्टरमा स्टुडियो नाइनले आयोजना गरेको होली कार्यक्रममा रङ, अबिर खेल्दै नाचगान गरेर होली पर्व मनाइएको हो ।
रङ्गिन पर्व हो होली । फागु, होली, फागु पूर्णे अनेक नामले पनि यस पर्वलाई चिनिन्छ । आनन्द अनि उत्साहको यो वसन्त ऋतुको चाड आज पहाडी जिल्लामा मनाइएको छ । यही अवसरमा स्टुडियो नाइनले पनि यो पर्व एक आपसमा खुसी साटेर मनाएको छ । विगत वर्ष झैं यस वर्ष पनि स्टुडियो नाइनले आज सामूहिक रूपमा होली मनाएको हो ।
यहाँ जुम्बा, डान्स तथा वर्कआउट गराइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यहाँ आउने गरेका छन् । साथै गीत संगीत रेकर्डिङको काम पनि यहाँ हुने गरेको छ । स्वास्थ्यलाई ध्यानमा राख्दै करिब दुई वर्षदेखि सञ्चालित छ स्टुडियो नाइन । जडिबुटीस्थित आँखा अस्पतालनजिकै शाखासमेत खोलिएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया