चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु

रौतहट- चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्-श्रीमतीको मृत्यु भएको छ ।
बागमती सडक खण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सर्लाहीतर्फ जाँदै गरेको मे१ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि उनीहरूको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यस लगत्तै उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया