विजयको ‘मास्टर’ २०२१ को सबैभन्दा चर्चित फिल्म

मुम्बई : ग्लोबल अनलाइन डाटाबेस आईएमडीबीले सन् २०२१ मा भारतमा अहिलेसम्म रिलिज भएका चर्चित फिल्म तथा वेब सिरिजको सूची सार्वजनिक गरेको छ । आईएमडीबीले वर्षको मध्यान्तरसम्म सार्वजनिक भएका १० फिल्म तथा सिरिजको सूची सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीमा चर्चाको पहिलो स्थान तमिल फिल्म ‘मास्टर’ले ओगटेको आईएमडीबीले जनाएको छ । तमिलको ठूलो चाड पोंगलको अवसरमा रिलिज भएको यो फिल्मले महामारीको डरका बीच पनि रेकर्ड ब्रेकिङ कमाइ गरेको थियो ।
हलमा रिलिज भएलगत्तै अमेजन प्राइममा आएको फिल्मले यता पनि उत्तिकै दर्शक पाएको थियो । यो फिल्ममा विजय र विजय सेतुपतिको मुख्य भूमिका रहेको थियो । फिल्मकै कुरा गर्दा यो लिस्टमा धुनषको ‘कर्नन’, मोहनलालको ‘दृश्यम् २’, र पवन कल्याणको ‘वकिल साहब’ पनि अटाएका छन् । सिरिजतर्फ भने ‘एसपिरेन्ट्स’, ‘नोभेम्बर स्टोरी’ र ‘महारानी’ आईडीबीको चर्चित भारतीय सिरिजको सूचीमा अटाएका छन् ।
आईएमडीबीले बक्स अफिसको प्रदर्शनभन्दा पनि व्यवसायिक, समीक्षकको धारणा, तथ्यांकगत स्याम्पलिङ, पेज भ्यु आदिका आधारमा यो सूची सार्वजनिक गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
यो लिस्टमा अटाउने फिल्म तथा सिरिजको नाम यसप्रकार रहेको छ ।
१. मास्टर (फिचर फिल्म, अमेजन प्राइम)
२. एसपिरान्ट्स (सिरिज, टीभीएफ)
३. ह्वाइट टाइगर ( फिचर फिल्म, नेटफ्लिक्स)
४.दृश्यम २ ( फिचर फिल्म, अमेजन प्राइम)
५.नोभेम्बर स्टोरी (सिरिज, डिज्ने प्लस हटस्टार)
६. कर्नन ( फिचर फिल्म, प्राइम भिडियो)
७. वकिल साहब (फिचर फिल्म, प्राइभ भिडियो)
८. महारानी (सिरिज, सोनी लिभ)
९.क्र्याक (फिचर फिल्म, अहा)
१०. दि ग्रेट इन्डियन किचेन ( फिचर फिल्म, प्राइम भिडियो)

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया