सुनकोशीमा बेपत्ता भएका ३ बालबालिकाको खोजीका लागि गोताखोर टोली परिचालन

काठमाडौँ- उदयपुरको उत्तरी सीमास्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।
जिल्लाको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको खोजी कार्यका लागि गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लो क्षेत्रतर्फ पानीमुनि गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए ।
गोताखोरको टोलीले बेपत्ता बालबालिकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरूको खोजतालसको जानकारी लिएका छन् ।
र, यो पनि
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

रसुवाका बाढीमा बेपत्ता प्रहरी जवानको कुशको शब बनाएर दाहसंस्कार

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

सफलताको कथा : जसले दु:खमा चुनौती खोजे, अभावमा सम्भावना

तातोपानी सडक नखुल्दा सरकारसँग आक्रोशित छन् व्यवसायी, नाका नखुले दसैँ-तिहार म…

पाँच किसिमका मान्छेले खानु हुन्न सजिवन

प्रतिक्रिया