भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ - भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चित कालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
भारतीय व्यापारीहरू यसअघि प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि स्थानीय मूल्य आधाभन्दा बढी घटेको र यस सिजनको बालीबाट नयाँ आपूर्ति आउन थालेकाले प्रतिबन्ध खुल्ने अनुमान गरेका भएपनि सरकारले गत शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध यथावत रहने जनाएको छ ।
भारतमा हुने लोकसभा निर्वाचन अघि सरकारले स्थानीय बजारमा कुनै समस्या आउन नदिन प्रतिबन्ध यथावत राखेको विश्लेषण गरिएको छ । भारतका केही थोक बजारमा प्याजको मूल्य डिसेम्बरमा प्रतिकिलो ४५ भारू सम्म झरेको थियो ।
बंगलादेश, मलेसिया, नेपाल र युएई जस्ता देशहरू प्याजमा भारतमाथि निर्भर रहेका छन् । भारतको प्रतिबन्धपछि यी देशहरूमा प्याजको उच्च मूल्यसँग संघर्ष गरिरहेका छन् । चीन वा इजिप्ट जस्ता प्रतिद्वन्द्वीहरू भन्दा धेरै बजारहरूमा छोटो ढुवानी समय भएको भारतले एसियाली देशहरूले आयात गर्ने प्याजको आधाभन्दा बढी हिस्सा ओगटेको बताइन्छ ।
कालिमाटी तरकारी बजारमा भने अहिले भारतीय प्याजको मूल्य ७० रुपैयाँ प्रति किलो रहेको छ ।

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी
धान लगाउने खेतमा माछापालन
_9LbSg2pd7Q_kqncchvahn7cp8xwtjmkpwz0abdkrxd2jalbpmhxtsmf5gngyooiedyhuqmq_C5Wk1Z36v4_eeqqai7mmcyywzpjcm8thzdtpwrczxpn98lzgd6khxih4to6tgifb5psdjnd.jpg)
प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

पुष्प मेलामा एक करोड बढीको कारोबार

प्रतिक्रिया