राजनीतिमा इमान र योग्यता भएका मान्छेको अभाव भयो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएका मान्छेको अभाव भएको बताएका छन् ।
कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरू हाबी हुन थालेको भन्दै इमान्दारसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए । उनले छट्टुहरू केही समयका लागि आउने झुक्याउने र रंगरोगन गरेर जाने भएकाले गति र मति भएकाहरूको राजनीतिमा आवश्यकता देखिएको धारणा राखे ।
अहिले घरभित्रको फोहोरहरूलाई सफा बनाएर ठीक ढंगले लय पक्रनुपर्ने उनले बताए । महामन्त्री थापाले नयाँ पुस्ताले चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले दुरुपयोग गरेको धारणा राखे । उनले नेपाली राजनीति र समाज रूपान्तरणमा स्वर्गीय नेता जोशीले खेलेको भूमिकाको चर्चा गरे ।
त्यस्तै कांग्रेसका नेता प्रदीप पौडेलले अहिलेको गठबन्धन चिरस्थायी नहुने भन्दै आफूभित्रको झगडाले समाप्त हुने दाबी गरे । अहिले जसरी सत्ता चाहिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि फरक ढंगले संगठित हुन जरुरी रहेको उनले बताए । उनले सत्तामा जान कांग्रेसले हतार गर्न नहुने भन्दै देशले आफैँ सत्तामा पुर्याउने जिकिर गरे ।
पौडेलले जोशीको निधनले निष्ठावान राजनीतिज्ञ गुमाएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया