अहिले बामपन्थी एकता हुन सक्दैन : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बामपन्थी एकता हुन नसक्ने बताएका छन् ।
पार्टी कार्यालय च्यासलमा मंगलबार आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा ओलीले अहिले पार्टीलाई बलियो बनाउँदै लैजानुपर्ने भन्दै बामपन्थी एकता हुन नसक्ने बताएका हुन् । आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टी एकताबद्ध गरेको स्मरण गर्दै केही मान्छेलाई सह्य नभएर त्यसलाई परित्याग गरेको उनले बताए ।
ओलीले कम्युनिष्ट एकता अपच भएकै कारण केही व्यक्तिले पार्टीलाई समेत फुटाएको धारणा राखे । एमालेलाई मजबुत बनाउनुपर्ने अवस्थामा कांग्रेसका पछि लागेकालाई पार्टी एकताका लागि प्रणाम गर्न नसकिने उनले बताए ।
त्यस्तै ओलीले लोकतन्त्रका नाममा पार्टीभित्र अराजक गतिविधि नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया