नेपालको पोस्टमा बहराइनको तीन गोल

काठमाडौँ- फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको चौथो खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।
बहराइनको रिफास्थित नेशनल स्टेडियमा आज बिहान भएको खेलमा नेपाल बहराइनसँग तीन–शून्य गोलअन्तरले पराजित भएको हो । बहराइनको जितमा सायद बाकर, अब्दुल्लाह युसुफ र कोमाइल इल्सवादले समान एक–एक गोेल गरे ।
समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यही चैत ८ गते बहराइनमै भएको खेलमा नेपाल बहराइनसँग पाँच–शून्य गोलअन्तरले पराजित भएको थियो । त्यसअघि नेपालले युएईविरुद्ध चार–शून्यको हार बेहोरेको थियो भने यमनसँग दुई–शून्यले पराजित भएको थियो ।
नेपाल चार खेलमा अङ्कविहीन रहँदै समूहको अन्तिम स्थानमा छभने युएई १२ अङ्कसहित समूहको शीर्षस्थानमा छ । नौ अङ्क बटुल्दै बहराइन दोस्रो र यमन तीन अङ्कसहित अङ्कतालिको तेस्रो स्थानमा छ । अब नेपालले छनोटका बाँकी दुई खेलमा युएई र यमनको सामना गर्नेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया