दक्षिण अफ्रिकामा संसदीय निर्वाचनका लागि १४ हजारभन्दा बढी उम्मेदवार मैदानमा

जोहानेसवर्ग - दक्षिण अफ्रिकामा मे २९ मा हुने नेसनल एसेम्ब्ली र नौ वटा प्रान्तीय व्यवस्थापिकाको लागि हुने ८८७ सीटमा प्रतिस्पर्धाका लागि १४ हजार ६६२ उम्मेदवारहरूले नामावली दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पेस गरेको उम्मेदवारको सूची आयोगले मङ्गलबार सार्वजनिक गरेको हो ।
निर्वाचनका लागि सबैभन्दा ठूलो मतपत्रमा ५६ जना उम्मेदवारहरूको नामावली रहने आयोगले जनाएको छ ।
दक्षिण अफ्रिकामा कुनै अपराधमा दोषी ठहरिएको र जरिवानाको विकल्पबिना १२ महिनाभन्दा बढी जेल सजाय भएको व्यक्तिले चुनाव लड्न नपाउने कानुनी ब्यबस्था छ ।
यसैगरी आइइसीले चुनाव लड्ने उम्मेद्वारहरूको अन्तिम सूची अप्रिल १० मा प्रकाशित हुने जनाएको छ ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया