विक्कीसँगको अफेयरको खबर चुहाएपछि हर्षवद्र्धनसँग रिसाइन् कट्रिना

मुम्बई : अनिल कपुरका छोरा हर्षवद्र्धन कपुरले विक्की कौशल र आफ्नो अफेयरको बारेमा बोलेको भन्दै कट्रिना रिसाएकी छिन् । भारतीय वेब पोर्टल कोईमोईले कट्रिनाको नजिकको स्रोतलाई उद्धृत गर्दै अफेयरको खबर पुष्टि गरेको भन्दै हर्षसँग रिसाएको समाचार लेखेको छ ।
‘च्याट सोमा अरुको निजी जिन्दगीको बारेमा कुरा गर्न केही जरुरी थिएन । अझ, कट्रिनाले हर्षलाई राम्ररी चिन्दा पनि चिन्दिनन् । यदि चिन्थिन् भने पनि यस्तो कुरा सार्वजनिक ठाउँमा बोल्नुअघि कट्रिनालाई सोध्नु पथ्र्यो,’ स्रोतलाई उद्धृत गर्दै कोईमोईले लेखेको छ ।
हर्षले तीन चार दिन अघि मात्र एउटा टेलिभिजनको च्याट सोमा ‘क्विकी’ शीर्षकको खेल खेल्दै विक्की कौशल र कट्रिनाको खबर साँचो रहेको खुलासा गरिदिएका थिए । उनले यसो भने वापत आफू अप्ठेरोमा पर्ने शंकासमेत सोही कार्यक्रमका दौरान व्यक्त गरेका थिए ।
हर्षको यो अभिव्यक्तिले गाइँगुइँ रहेको अफेयरको हल्लालाई सत्य सावित गरेको थियो । पापाराजीले बेलाबखत विक्कीलाई कट्रिनाको अपार्टमेन्टतिर जाँदै वा त्यहाँबाट फर्कंदै गरेको तस्बिर सार्वजनिक गरे पनि कट्रिना वा विक्कीसँगै उद्योगकै पनि कसैले यो खबरको पुष्टि गरेका थिएनन् । हर्षले यति भनेसँगै यो खबर भाइरल भएको थियो ।
समाचारअनुसार कट्रिना पूर्व दृष्टान्तलाई ख्याल गर्दै यो पटक विक्कीसँगको अफेयरको खबरलाई सकभर लुकाउने मनसायमा छिन् । रनवीर कपुरसँगको खुल्लम्खुल्ला सम्बन्धले धेरै चोट पुर्याएको महसुस गरी उनले यस्तो निर्णय गरेको बताइएको छ ।

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया