केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

काठमाडौँ - दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ।
बुधबार उच्च अदालतले प्रवर्तन निर्देशनालयलाई अप्रिल २ सम्मको समय दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
अब यस मुद्दाको अर्को सुनुवाई अप्रिल ३ मा हुनेछ । अदालतले अप्रिल ३ को लागि केजरीवालको मुख्य याचिका पनि सूचीबद्ध गरेको बताइएको छ ।
मुख्यमन्त्री केजरीवाललाई दिल्लीको कथित मदिरा घोटाला प्रकरणमा मार्च २१ को राती उनको नयाँ दिल्लीस्थित निवासबाट हिरासतमा लिइएको थियो । भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो ।
उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया