मुगुमा जीप दुर्घटनामा दुईको मृत्यु

मुगु - मुगुको गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सडकबाट करिब सय मिटर बढी तल खसेको प्रहरीले बताएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
घाइते एक जनाको अवस्था चिन्ताजनक अवस्थामा रहेको बताइएको छ । घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया