आइतबार ११ साउन, २०८२
Sunday, July 27, 2025

राप्रपाले इलाम २ बाट गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने भएको छ । 

राप्रपाको बिहीबार बसेको संसदीय समितिको बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।