डा. शेखरले साप्ताहिकका सम्पादकलाई भनेः मुलुकलाई निकास दिन संविधान संशोधन गरेर जानुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले पछिल्लो राजनीतिक घट्नाक्रम र अवस्थाका बारेमा काठमाडौँबाट प्रकाशित हुने प्रमुख साप्ताहिक पत्रिकाका सम्पादकहरूसँग अन्तरक्रिया गरेका छन् ।
बिहीबार उनको सम्पर्क कार्यालयमा भएको अन्तरक्रियामा कबिर राणा, शम्भु श्रेष्ठ, गोपाल बुढाथोकी, निरोधराज पाण्डे, दामोदर दवाडी, ईश्वरी वाग्ले, राजेन्द्र उपचारक र बिश्वमणी सुवेदी सहभागी थिए ।
सहभागी एक सम्पादकले कांग्रेसभित्रै लोकतन्त्रको संकट देखिएको बताएका छन् । राजनीतिमा निष्ठा, सिद्धान्त र आदर्श गुमेको उनको भनाइ छ ।
ती सम्पादकले डा.कोइरालासँगको अन्तक्रियामा सिङ्गो पार्टीमा अनुशासनमा नरहेको र अनुशासन कायम गर्न पनि आग्रह गरे ।
‘सत्ता प्राप्त हुन्छ भन्दैमा जोसँग पनि गठबन्धन गर्ने परिपाटी कांग्रेसले अन्त गर्नुपर्छ,’ ती सम्पादकले भने,’ अस्थिरताको कारक तत्व संविधान हो । समानुपातिक प्रणाली खारेज नगरेसम्म देश अगाडि बढ्न सक्दैन ।‘ दलहरू नसुध्रिएको र दलहरूले जति माफी मागे पनि जनताले पत्याउने अवस्था नरहेको उनले धारणा राखे ।
जनताले बदनामै भए पनि नयाँ खोजिरहेको उनको भनाइ छ । ‘जनताको पछिल्लो गतिविधिले देखाएको र प्रजातन्त्रको लागि यो खतरा हो,’ उनले अगाडि थपे ।
त्यसैगरी,’ डा. शेखर कोइरालाले संविधान संशोधन नगरी मुलुकले निकास नपाउने भएकाले संविधान संशोधन गरेर अगाडि जानुपर्ने बताए । अहिले देश र कांग्रेस पार्टीको अवस्था दुवै असाध्यै खराब रहेको उनको भनाइ छ ।
'पार्टीभित्र आफ्नो समूह थोरै भएकाले पार्टी सुधारका जति कुरा गरे पनि त्यसको सुनुवाइ भएको छैन,’ कोइरालाले भने,’ तर आफूले हरेस नखाएको र एकदिन कांग्रेस पार्टीलाई पुरानो अवस्थामा ल्याएर एक्लै बहुमत ल्याउन सक्ने बनाउन सक्छु ।‘
कोइरालाले नेपालको विभिन्न प्रजातान्त्रिक आन्दोलनमा साप्ताहिक पत्रिकाले पुर्याएको योगदानको प्रशंसा पनि गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया