शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

कांग्रेसले बिहीबार बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ : नेपाली का‌ग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार तीन गते बिहीबार बस्‍ने भएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर तीन गते दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बैठक बस्‍ने जानकारी दिएका छन् । 

आज बसेको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति ९ दिन पर सारेर १६ देखि १९ भदौमा गर्ने निर्णय गर्न प्रस्ताव गरेको थियो । त्यो प्रस्तावलाई पारित गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।