खेलाडी चुम्बन प्रकरणमा रुबियाल्सलाई जेल हाल्नुपर्ने माग

काठमाडौँ- महिला फुटबल टिमकी मिडफिल्डर जेनी हर्मोसोलाई चुम्बन गरेको प्रकरणमा स्पेनिस फुटबल संघका पूर्व अध्यक्षलाई जेल हाल्नुपर्ने माग गरिएको छ ।
स्पेनिस अभियोजनकर्ताहरुले रुबियाल्सविरुद्ध साढे २ वर्षको जेल सजायको माग गरेका अल-जजिराले जनाएको छ ।
गत वर्ष अस्ट्रेलिया र न्यूजिल्यान्डमा संयुक्त रुपमा आयोजना भएको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जित्दा तत्कालीन स्पेनिस फुटबल संघका अध्यक्ष रुबियाल्सले हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।
तर हर्मोसोले आफ्नो अनुमतिविना नै रुबियाल्सले चुम्बन गरेको आरोप लगाएकी थिइन् । अदालतमा पेश गरिएको प्रमाणहरूमा पनि रुबियाल्सले अनुमतिविना नै चुम्बन गरेको देखाएको अल-जजिराले उल्लेख गरेको छ ।
जसका कारण अभियोजनकर्ताहरुले रुबियाल्सलाई चुम्बनका लागि १ वर्ष तथा जबरजस्ती चुम्बन गरेको आरोपमा थप १८ महिनाको जेल सजायको माग गरेका हुन् ।
अभियोजनकर्ताहरुले रुबियाल्सले हर्मोसोलाई ५० हजार यूरो क्षतिपूर्ति तिर्नुपर्ने माग समेत गरेका छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया