सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता
काठमाडौँ- जोखिम व्यवस्थापन, लैङ्गिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरूमा क्षमता अभिवृद्धि गर्नका लागि सिद्धार्थ बैंक लिमिटेड र International Finance Corporation (IFC)बीच सम्झौता भएको छ ।
बैंकले ‘डिजिटल फस्र्ट’ अभ्यास अपनाइ सुशासन पक्षहरूमा केन्द्रित हुँदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरू वातावरण मैत्री एवं समाज केन्द्रित बनाउँदै आएको छ ।
उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तराष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सवल बनाई आफ्ना लक्ष्यहरू हासिल गर्न थप टेवा पुग्ने विश्वास लिएको छ ।
आइएफको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमको सदस्य पनि रहेको यस सिद्धार्थ बैंकले आइएफद्वारा आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा ‘Best Operations Bank in South Asia 2021’ अवार्डबाट पनि सम्मानित भएको थियो ।
त्यसैगरी केहि समय अघि मात्र पनि सिद्धार्थ बैंक र आइएफबीच नेपालका लघु, साना तथा मझौला उद्यमी (MSME)हरूको व्यवसायमा र जलवायु वित्तपोषण (Climate Financing)मा लगानी गर्ने सम्झौता भईसकेको छ जस अन्तर्गत आइएफले बैंकलाई थ करोड थ० लाख अमेरिकी डलर ऋण पनि प्रदान गरेको जनाएको छ ।

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

सोमबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा ग्लोबल…

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

नबिल बैंकको 'नबिल जेन एन' बचत खातामा के-के छ सुविधा ?

ग्लोबल आइएमईका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिश…

आर्थिक कूटनीति प्रभावकारी बनाउन सरकार र अनररी कन्सुलर कर्पस्बिच सहकार्य आवश्यक:…

प्रतिक्रिया