प्रदेश सांसद मल्लले भनिन्, ‘गाँजा खेती अत्यन्तै जरुरी छ, वैधानिकता दिनपर्छ’

धनगढी : गाँजा खेतीको वैधानिकताका लागि सुदूरपश्चिम प्रदेशसभामा आवाज उठेको छ । सुदूरपश्चिम प्रदेशसभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी हुन् ।
प्रदेशसभाको आठौँ अधिवेशनको दशौँ बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद मल्लले भनिन्, ‘सुदूरपश्चिम र विषेश गरि हिमाली जिल्ला बझाङका लागि गाँजा खेती अत्यन्तै जरुरी छ । त्योलाई वैधानिक बनाउनेतर्फ प्रदेश सरकारको ध्यान जावस ।’
उनले आयस्रोत बढाउन र जीवन निर्वाहका लागि गाँजा खेती जरुरी रहेको बताइन् । नेपालले गाँजा खेती प्रतिबन्धित छ । तर सुदूरपश्चिमका अधिकासं जिल्लामा लुकीछिपी गाँजाको व्यापार हुँदै आएको छ ।

महाकाली सन्धि कार्यन्वय नहुँदा दोधारा-चाँदनी नहर निर्माण अन्योल

किबीका बोटले फल नदिएपछि किसान चिन्तित

खोलाको दूषित पानी पिउन बाध्य दोमिल्लाका बासिन्दा

ऐन कार्यान्वयनमा अन्योल

समावेशी शिक्षण विधि अपनाएपछि...
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

प्रतिक्रिया