रास्वपाबाट उम्मेदवार बनेपछि लिम्बुलाई प्रेस सेन्टरले बर्खास्त गर्यो

काठमाडौँ - वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम- २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बूलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले बर्खास्त गरेको छ ।
माओवादी केन्द्रमा आबद्ध लिम्बुलाई रास्वपाले इलाम- २ बात उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । लिम्बुलाई रास्वपाले उम्मेदवार बनाएसँगै प्रेस सेन्टरले विज्ञप्ति निकालेर बर्खास्त गरिएको जानकारी दिएको छ ।
लिम्बु माओवादीको उपत्यका विशेष प्रदेश समिति सदस्य र प्रेस सेन्टरका सचिवसमेत थिए ।
उनले माओवादीबाट राजीनामा नदिई उपचुनाव लड्न रास्वपा तिर लागेपछि बर्खास्त गरिएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले बताएका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया