'सिद्धार्थ भिलासा' ले पायो पाँच तारे होटलको मान्यता

काठमाडौँ- २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सञ्चालनमा ल्याएको भैरहवाको 'सिद्धार्थ भिलासा'ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । 'भिलासा' सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।
पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरोन्नति गरेको हो । 'लुम्बिनी प्रदेशमा सञ्चालित उक्त होटललाई पर्यटन ऐन अनुसार पाँच तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ' पर्यटन विभागले भनेको छ ।
करिब ५ बिगाहा क्षेत्रफलमा विस्तारित होटलमा एउटा भिलासा भिएक्जुकेटिभ स्विट, २ वटा स्विट, ५ वटा जुनियर स्विट र ७७ एक्जुकेटिभ डिलक्स गरि ८५ वटा रुम रहेका छन् ।
होटलमा साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल र पाँच वटै रेस्टुरेन्ट आउटलेट रहेका छन् । होटलमा पन्ध्र सय जना क्षमताको व्याङक्वेट हल रहेको छ जुन नेपालकै ठूलो व्याङक्वेट हल भएको सिद्धार्थ हस्पिटालिटीका ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।
स्थापनाको छोटो समयमै 'डेस्टिनेसन वेडिङ' र अन्य पर्यटक गरि त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन होटल सफल भएको र लुम्बिनी घुम्न आउने विभिन्न देशका पर्यटकहरू बीच लोकप्रिय भइरहेको यो होटलले पाँच तारा स्तरको मान्यता पाएसँगै सो व्यापारमा अझ राम्रो गर्ने आशा गरिएको न्यौपानेले बताए ।
होटलमा जिम, ज्याकुजी, स्टिम, स्पा लगायत वेल्नेस सुविधा उपलब्ध छन् । हाल २ सय जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पश्चात् झण्डै ५ सय जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । नेपालकै उत्कृष्ट क्यासीनो सन्चालन गर्न सकिने गरी क्यासीनोको लागी संरचना समेत निर्माण भइसकेको छ ।
यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस होटलले ठूलो भुमिका निर्वाह गर्ने कम्पनीका अध्यक्ष लक्ष्मण न्यौपानेले बताए ।
सिद्धार्थ ग्रुपको आगामी योजना:
सिद्धार्थ ग्रुपले 'भिजन २०३०' को योजना अन्तर्गत सन् २०३० सम्ममा स्वदेश तथा विदेशमा कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट सञ्चालन गर्ने योजना बनाएको छ ।
अगामी वर्ष कैलालीको धनगढी, र तनहुँको दमौलीमा नयाँ होटल र रुपन्देहीको योगीकुटिमा व्याङक्वेट सहितको रेस्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ । त्यस्तै आगामी वर्ष भित्रै पृथ्वी राजमार्गमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारेमा स्तरोन्नति गर्ने योजना अनुरूप काम भइरहेको न्यौपानेले जानकारी दिए ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया