गाजामा निर्वाध सहायता अनुमति दिन अन्तर्राष्ट्रिय अदालतको आदेश

दी हेग - नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले बिहीबार इजरायललाई गाजापट्टीमा रहेका प्यालेस्टिनीका लागि आधारभूत मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको छ ।
इजरायलले संयुक्तराष्ट्र संघसँगको सहयोगमा तत्काल आवश्यक आधारभूत सेवाहरू र मानवीय सहायताका लागि सम्बन्धित पक्षद्वारा व्यापक रूपमा निर्बाध प्रावधान सुनिश्चित गर्न ढिलाइ नगरी प्रभावकारी उपायहरू अपनाउनु पर्ने आईसीजेले फैसलामा उल्लेख गरेको छ ।
यस सहायतामा खाद्यान्न, पानी, बिजुली, इन्धन, आश्रय, कपडा, स्वच्छता र सरसफाइ आवश्यकताहरूका साथै चिकित्सा सेवा समावेश छ । फैसलामा गाजाबाट सीमापार आवातजावत गर्ने स्थानको क्षमता र संख्या बढाइ आवश्यकताका आधारमा खुला राख्नुपर्ने जनाइएको छ ।
आइसीजेले यसअघि जनवरी २६ मा दिएको फैसलामा पनि इजरायललाई गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्धको नरसंहार रोक्न, प्यालेस्टिनी विरुद्धका उक्साहट रोक्न, प्रमाणहरू सुरक्षित गर्न र मानवीय सहायता सम्बन्धमा तत्काल कदम चाल्न आदेश दिएको छ ।
सन् २०२३ डिसेम्बर २९ मा दक्षिण अफ्रिकाले गाजापट्टीमा प्यालेस्टिनीहरू विरुद्ध गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै इजरायल विरुद्ध कारबाहीको लागि आइसीजेमा मुद्दा दर्ता गरेको थियो ।
अदालतले गाजापट्टीमा प्यालेस्टिनीहरूको विनाशकारी जीवन अवस्था अझ बिग्रिएको अवस्थामा प्यालेस्टिनीहरूले खाद्यान्न र अन्य आधारभूत आवश्यकताको अभावलाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय गाजामा प्यालेस्टिनीहरूले अनिकालको जोखिम मात्र सामना नगरि अनेकन मानवीय सङ्कटको सामना गर्न बाध्य भएको तथा आगामी दिनमा अझै धेरै कठिन स्थिति उत्पन्न हुन सक्ने आदेशमा उल्लेख गरिएको छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया