जसपा विवाद : मन्त्री नपाए सरकारमा नजाने चेतावनी

पोखरा : जनता समाजवादी संसदीय दल गण्डकीकी सचेतक धनमाया लामा पोखरेलले सरकारमा नजाने चेतावनी दिएकी छन् । पूर्व सहमति अनुसार दलका २ जना सांसदले एकसाथ शपथ नखुवाए सरकारलाई साथ नदिने उनले बताइन् । जनता समाजवादीका २ सांसदमध्ये हरिशरण आचार्यले आज शपथ लिने तयारी छ ।
कांग्रेस नेतृत्वको गठबन्धनमा जान आफूहरूले २ जना सांसद नै मन्त्री बन्ने सहमति गरेपनि अहिले आएर सहमति तोड्न खोजिएको उनले बताइन् । ‘हामीले पहिलाबाट नै २ जना नै सरकारमा जाने सहमति गरेको हो, तर आज उहाँहरू हुन्न भन्नुभएको छ,’ लामाले भनिन् ।
आफूहरूलाई पृथ्वीसुब्बा गुरुङको सरकारले नै ३ मन्त्रालय दिने अफर गरेपनि गठबन्धनमा भएको सम्झौता नतोडेको उनको दाबी छ । ‘पृथ्वीसुब्बाकै सरकारले ३ मन्त्रालय दिने कुरा थियो तर हामी गएनौं नि, सम्झौतामा अडिग रहनुपर्छ,’ उनले भनिन् ।
लिखित सम्झौता नभएसम्म जनता समाजवादी सरकारमा नजाने उनको दाबी छ । प्रदेश समितिको बैठकले आज गरेको निर्णय पनि त्यही रहेको उनले बताइन् । ‘हाम्रो आजको जुम मिटिङको पनि निर्णय त्यही थियो, २ जना नै जानुपर्छ भन्ने १ जनामात्रै गएपनि सरकारलाई साथ दिन सकिन्नँ,’ लामाले भनिन् ।
कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएपछि आज नै केही सांसद लिएर शपथ लिने तयारी छ । माओवादीबाट मधु अधिकारी, जनता समाजवादीका हरिशरण आचार्य र दीपक मनाङेलाई लिएर शपथ लिने मुख्यमन्त्रीको तयारी छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया