अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु जरुरी : उपप्रधानमन्त्री यादव

धनुषा- उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनुको विकल्प नरहेको बताएका छन् ।
आज जनकपुरधाममा पिछडा वर्ग महासङ्घ नेपालद्वारा आयोजित दुई दिवसीय प्रशिक्षणको समापन समारोहमा उहाँले पिछडा वर्ग बहुसङ्ख्यक भए पनि सङ्गठित हुन नसक्दा उचित अधिकार, प्रतिनिधित्व र सम्मान पाउन नसकेको बताए ।
वर्तमान युगमा सङ्गठन नै शक्ति रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले पिछडा वर्गहरूलाई सङ्गठित भएर अघि बढ्न आग्रह पनि गरेका छन् । पिछडा वर्गमा शिक्षाको अभाव देखिएको बताउँदै जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष समेत रहेका अध्यक्ष यादवले आफ्ना सन्तानको शिक्षामा जोड दिन अपिल गरेका छन् ।
पिछडा वर्ग महासङ्घका अध्यक्ष भरत महतोको अध्यक्षतामा दुई दिनसम्म चलेको प्रशिक्षणमा मुलुकका विभिन्न क्षेत्रबाट आएका एक सय जनाभन्दा बढीको प्रशिक्षार्थी सहभागी थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक अध्यक्ष यादवका साथै सिपी सिंह, मनाइ महतो, दीपेन्द्र कापरलगायत थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया